दुई इन्स्योरेन्स कम्पनीमा रोजगारीको अवसर, शैक्षिक योग्यता कति ?

काठमाडौं । दुई इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेका छन् । कर्मचारी माग गर्ने कम्पनीहरुमा सिद्धार्थ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योेन्स कम्पनी हुन् ।

महालक्ष्मी लाइफ इन्स्योरेन्सले ब्रान्च म्यानेजरका लागि केही र मार्केटिङ इन्चार्चका लागि लागि केही संख्यामा कर्मचारीको माग गरेको छ । कम्पनीले उपत्यका भित्र तथा बाहिरका विभिन्न शाखा कार्यालयका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले मंसिर ३० गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

त्यस्तै, सिद्धार्थ इन्स्योरेन्स कम्पनीले असिस्टेन्ट, सिनियर असिस्टेन्ट र मार्केटिङका लागि केही, अफिसर र सिनियर अफिसरका लागि केही संख्यामा कर्मचारीको माग गरेका जनाएको छ ।

कम्पनीले केन्द्रीय कार्यालय तथा उपत्यका भित्र र बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले डिसेम्बर ९ भित्र आवेदन दिइसक्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार