सन नेपाल लाईफका भैरहवा र प्यूठानका अभिकर्ता अन्तरक्रिया कार्यक्रम सम्पन्न

89

काठमाडौैं । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले प्रदेश नं ५ अन्तर्गतको भैरहवा, प्यूठान लगायतका बीमा अभिकर्ताहरुसँग अन्तरक्रिया कार्यक्रमसहित सम्मानित गरेको छ ।

कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सोमबार रुपन्देहीको भैरहवामा एक कार्यक्रमका बीच अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो । शाखा प्रमुख केशवराज गौतमको सभापतित्वमा ३५ जना अभिकर्तालाई सम्मानित गरिएको सन नेपाल लाईफको प्रदेश नं ५ को कार्यालयले जनाएको छ ।

त्यसैगरी, प्यूठान उपशाखाद्वारा आयोजित अभिकर्ता अन्तरक्रिया कार्यक्रममा २९ जनाको उपस्थिति रहेको थियो । कम्पनीका सहायक महाप्रबन्धक तथा प्रदेश ५ प्रमुख मोतिलाल भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बीमा अभिकर्ताहरुलाई पुनर्ताजगी तालिम प्रदान गरिएको कम्पनीले जनाएको छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्