१८ जना चढेको जीप तीन मिनेटसम्म हावामा तैरिदै नदि किनारामा बजारियो

बाग्लुङ । आज विहानै कूलपूजाका लागि गुल्मीका कार्की परिवार सवार जीप सडकबाट चार सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । एक प्रत्यक्षदर्शीले भने सडकमा गुडिरहेको जीप एक्कासी सडकबाट करिब चार सय मिटर तल खोलामा खसेर दुर्घटनाग्रस्त भएको हो ।

करिब तीन मिनेट हावामा तैरिदै नदि किनारामा बजारिन पुगेका स्थानीयबासीले जनाएका छन् । ठाडो भिर रहेको सडकबाट बडिगाड खोलामा जीप खसेको थियो । नदिको पानी नभएको बगर तथा ढुङ्गामाथि बजारिन पुग्दा ठूलो क्षति भएको छ । जीप के कारणले खस्यो खुल्न सकेको छैन । यद्यपि अत्याधिक गति र धेरै यात्रुका कारण जीप नदिमा खसेको प्रारम्भिक अनुमान स्थानीय प्रहरीले गरेको छ ।

वडा अध्यक्ष कृष्ण गुरुङका अनुसार घाइते तीन जनाको थप उपचारको लागि काठमाडौं लैजान हेलिकोप्टर ल्याउने प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार