रिलायबल नेपाल लाइफद्धारा मृतकको श्रीमानलाई दुई लाख मृत्यु दावी भुक्तानी

431

रामेछाप । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले मृत्युदाबी भुक्तानी गरेको छ । कम्पनीले रामेछाप नगरपालिका ६ ओर्खेनीकी फुलमाया योञ्जनको मृत्यु दावी भुक्तानी गरेको हो । मृकको श्रीमान प्रेम बहादुर योञ्जनलाई २ लाख १० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

मृतक बीमित फुलमाया योञ्जनले मन्थली बचत तथा ऋण सहकारी संस्था लिमिटेड मार्फत २०७५ साल पौष २ गते रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड मन्थली शाखामा रिलायबल म्यादी जीवन बीमा गरेकी थिईन् ।

रिलायबल नेपाल लाइफ र मन्थली बचत तथा ऋण सहकारी संस्थाबीच सहकारीका ऋणि सदस्यहरुको रिलायबल म्यादी जीवन बीमा गर्ने सम्झौता अनुसार सो रकम हस्तान्तरण गरिएको हो ।

बीमित योञ्जनको मिती २०७६ साल असोज १४ गते मृत्यु भएको थियो । उनले सहकारीबाट एक लाख ५० हजार ऋण लग्दा ९ सय ६० रुपैयाँ कम्पनीलाई बुझाएकी थिईन् । कम्पनीले सदस्यको सामान्य मृत्युमा ऋणको १४० प्रतिशतमा हुन आउने रकम २ लाख १० हजार रुपैयाँ दिएको हो ।

सो रकम इन्स्योरेन्सका केन्द्रिय कार्यालयका कर्पाेरेट मार्केटिङका मोहन खत्रि, शाखा प्रबन्धक सन्तोष श्रेष्ठ लगाएत शाखाका कर्मचारी र मन्थली बचत तथा ऋण सहकारी संस्थाका सचिव गोबिन्द प्रसाद घिमिरेले मृतकका श्रीमान योञ्जनलाई सहकारीमै एक कार्यक्रमकाबीच बीमा दाबी बापतको रकम हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्