नेपाल एग्रो लघुवित्तको साधारण सभा पुस १२ गते

Citizen Life Insurance Co

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय सस्ंथाले पुस १२ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा सिटी स्क्वायर प्रा.लि, न्यूरोड, पोखरामा बिहान ९ बजे सुरु हुने संस्थाले जनाएको छ ।

सभाका प्रयोजनका लागि कम्पनीले पुस १ गतेबाट सभा हुने दिनसम्म बुक क्लोज गर्दैछ । हाल नेपाल एग्रो लघुवित्त वित्तयि संस्थाको सेयर कारोबार रोक्का रहेको छ ।

सभामा कम्पनीले १५ प्रतिशत बोनस वितरण गर्ने मुख्य प्रस्ताव पेश गर्दैैछ । त्यस्तै, सभामा सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत रहेको छ ।

साथै, आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार