SKIP THIS

IK Anniversary
IME Life

कर्जा प्रवाहमा दुई बैंक सुस्त, अन्यले कस्तो गरे ?

SPIL
NIC ASIA

काठमाडौं । हाल संचालनमा रहेको २८ वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरिसकेको अवस्था छ । चालु आर्थिक वर्षको ३ महिना अर्थात असोज मसान्तको वित्तीय विवरण हेर्दा यस अवधिसम्ममा बैंकहरुले निक्षेप संकलनभन्दा कर्जा प्रवाह वृद्धि गरेको देखिन्छ।  निक्षेप संकलन ३ दशमलव ८२ प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाह ५ दशमलव ७६ प्रतिशतले वृद्धि भएको छ।

संचालनमा रहेका २८ वटा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै कर्जा प्रवाह एनआइसी एशिया बैंकले गरेको छ । बैंकले चालु आर्थिक वर्षको यस अवधिसम्म १ खर्ब ५४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको देखिन्छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको कर्जा प्रवाह ८ प्रतिशतले बढी हो ।

Prabhu
Crest

चालु आर्थिक वर्षको यस अवधिसम्ममा २८ वटा वाणिज्य बैंकहरुले २५ खर्ब २२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरुले २३ खर्ब ८४ अर्ब  रुपैयाँ कर्जा प्रवाह गरेका थिए । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकहरुको कर्जा प्रवाह ५ दशमलवग ७६ प्रतिशतले बढी हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ९ वटा वाणिज्य बैंकहरुले १ खर्बभन्दा माथि कर्जा प्रवाह गरेका छन् । १ खर्बभन्दा बढी कर्जा प्रवाह गर्ने वाणिज्य बैंकहरुमा एनआइसी एशिया बैंक, राष्ट्रिय वाणज्य बैंक, नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक, एनएमबि बैंक, एभरेष्ट बैंक र सिद्धार्थ बैंक हुन् ।

९० अर्बमाथि कर्जा प्रवाह गर्ने बैंकहरु
चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्ममा ४ वटा वाणिज्य बैंकहरुले ९० अर्बमाथि कर्जा प्रवाह गरेका छन् । ९० अर्बमाथि कर्जा प्रवाह गर्ने वाणिज्य बैंकहरुमा हिमालयन बैंक, नेपाल बैंक, प्रभु बैक र नेपाल एसबिआई बैंक हुन् ।

सर्वाधिक कर्जा प्रवाह बढाउने बैंक
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मा एनएमबि बैंकले सबैभन्दा धेरै कर्जा प्रवाह गरेको छ। बैंकले यस अवधिसम्ममा २५ प्रतिशतले कर्जा प्रवाह बढाएको छ । बैंकले अहिलेसम्ममा १ खर्ब १० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

कर्जा प्रवाह घटाउने बैंक:
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा राष्ट्रिय वाणिज्य बैंक र स्टा्न्र्डर्ट चार्टर्ड बैंकले गत आर्थिक वर्षको तुलनामा कर्जा प्रवाह  घटाएका छन् । राष्ट्रिय वाणिज्य बैंकले ० दशमलव ७८ प्रतिशतले कर्जा घटाएको छ भने स्टा्न्र्डर्ट चार्टर्ड बैंकले २ दशमलव ६४ प्रतिशतले घटाएको छ ।

सबैभन्दा थोरै कर्जा प्रवाह गर्ने वाणिज्य बैंक
चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्ममा सिभिल बैंकले सबैभन्दा थोरै कर्जा प्रवाह गरेको छ। बैंकको कर्जा प्रवाह र निक्षेप संकलनमा नै सबैभन्दा थोरै हो । बैंकले यस अवधिसम्ममा ४४ अर्ब १८ करोड रुपैयाँ कजाृ प्रवाह गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको कर्जा प्रवाह ४ प्रतिशतले बढी हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS