फरवार्ड कम्युनिटि माइक्रोफाइनान्सद्धारा ४५% लाभांश प्रस्ताव

Citizen Life Insurance Co

काठमाडौं । फरवार्ड कम्युनिटि माइक्रोफाइनान्सले आर्थिक वर्ष ७५ ७६ को लागि लाभांश घोषणा गरेको छ । संस्थाको हिजो आइतबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार हाल कायम चुक्ता पूँजीको ४५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

संस्थाले हाल कायम चुक्ता पूँजीको १२ दशमलव ५० प्रतिशत नगद लाभांश र ३२ दशमलव ५० प्रतिशत बोनश शेयर गरी कुल ४५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

संस्थाले कुल १६ करोड ९९ लाख ५२ हजार ४ सय रुपैयाँ खर्च गर्नेछ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार