IME Life

स्वदेशी लघुवित्तको साधारण सभा आज, यस्ता छन् एजेण्डाहरु

SPIL
NIC ASIA

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाको आज सोमबार पाँचौ वार्षिक साधारण सभा बस्दैछ । सभा होटल पाथिभराको सभाहल इटहरी, ९ सुनसरीमा बिहान ११ बजे सुरु हुने संस्थाल जनाएको छ ।

सभा प्रयोजनका लागि स्वदेशीले मंसिर ६ गते देखि मंसिर १६ गतेसम्म बुक क्लोज गरेको छ । मंसिर ५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

Prabhu
Crest

सभामा कम्पनीले ३५ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्नेछ । गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र १३ दशमलव २५ प्रतिशत नगद लाभांश दिन लागेको हो । त्यस्तै, संस्थाल कर प्रयोजनका लागि १.७५ प्रतिशत नगद समेत दिने जनाएको छ ।

सभामा कम्पनीले अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि लैजाँदैछ । आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

हाल संस्थाको चुक्ता पुँजी २३ करोड रुपैयाँ रहेको छ । बोनस वितरणपछि २७ करोड ६० लाख रुपैयाँ पुँजी पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS