झिनो अंकले बढ्यो नेप्से, २० करोड माथिको सेयर कारोबार

Citizen Life Insurance Co

काठमाडौं । साताको पहिलो दिन नेप्से ० दशमलव ०७ अंकले बढ्दा परिसूचक १११२.८५ बिन्दुमा कायम रहेको छ ।१६१ वटा कम्पनीको ६ लाख ७५ हजारभन्दा बढी कित्ता शेयर २० करोड ६३ लाख रुपैयाँभन्दा बढी कारोबार भएको छ ।

बैंकिङ, ट्रेडिङ, विकास बैंक, निर्जिवन बीमा, माईक्रोफाइनान्स र म्युचअल फन्ड बाहेक सबै उपसूचकमा हरीयाली छाएको छ ।नबिल बैंककोे शेयर कारोबार सबैभन्दा धेरै भएको छ । कम्पनीको १ करोड ७५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको शेयर ५ प्रतिशतले बढेको छ । घोडाघोडी लघुवित्त कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको शेयर १० प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार