सिभिल बैंकको साधारणसभाको मिति घोषणा, बुक क्लोज हुँदै

काठमाडौं । सिभिल बैंकले गत आर्थिक वर्षको साधारणसभाको मिति घोषणा गरेको छ । यही मंसिर १३ गते बसेको सञ्चालक समितिको २९१ औं बैठकले बैंकको नवौं बार्षिक साधारणसभाको मिति तथा बुक क्लोज मिति तय गरेको हो ।

बैंकका कम्पनी सचिव हिराकाजी बस्नेतद्वारा जारी सूचनामा आगामी पौष ६ गते आइतबार विहान ११ बजे काठमाडौंको कालिकास्थाल, डिल्लीबजारमा बस्ने जनाइएको छ ।

कम्पनीले यही मंसिर २३ गते बुक क्लोजको मिति तय गरेको हो । मंसिर २२ गतेसम्म कायम रहेको शेयरधनीहरुले मात्रै बोनस लिन पाउने कम्पनीले जनाएको छ । कम्पनीले प्रस्ताव भने सार्वजनिक गरेको छैन । 

Scanned Image

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार