IME Life

राजधानीमै सत्ताधारी नेकपालाई धक्का, भक्तपुरमा कांग्रेस बिजयी

SPIL
NIC ASIA

काठमाडौं । दुई तिहाई सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी नेकपाले राजधानी भक्तपुरमा ठूलो धक्का व्यहोरेको छ । हिजो सम्पन्न भएको उप निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेस विजयी भएको छ ।

कांग्रेस उम्मेदवार कृष्णलाल भँडेल १३ हजार ७४८ मत सहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय १० मत पाएका छन् । नेकपाबाट ढकाललाई उम्मेदवार बनाएको विषयमा पार्टीभित्रै चर्को विरोध भएको थियो । नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत पाएका छन् । कांग्रेस बिजयी भएको औपचारिक घोषणा हुन भने बाँकी छ ।

Prabhu
Crest

दुई तिहाई सरकारको नेतृत्व गरिरहेको नेकपाले राजधानीमै आफ्नो पहुँच गुमाउन पुगेको छ । देशैभरिका निर्वाचनहरुमा वडा अध्यक्ष पद समेत नेकपाबाट कांग्रेसले खोसेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS