एलआइसी नेपालको व्यतीत बीमालेख नविकरणमा ब्याज छुट

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआइसी नेपाल) ले व्यतीत बीमालेख नविकरण गर्दा ब्याज छुट दिने भएको छ । कम्पनीले आफ्ना बीमितहरुको हितलाई ध्यानमा राखी कम्पनीबाट जारी भएका र विभिन्न कारणले बीमाशुल्क तिर्न बाँकि भई म्याद नाघेका ब्यतीत बीमालेखहरु नविकरण गर्दा तिर्नुपर्ने ब्याजमा छुट गरेको जनाएको छ ।

कम्पनीले बीमितहरुका लागि आज २०७६ मंसिर १५ गतेदेखि फाल्गुन १५ गतेसम्मब्याज छुट दिने भएको हो । कम्पनीले बीमितहरुका लागि ३५ प्रतिशत ब्याज छुट दिनु समेत जनाइएको छ ।

सन् २०१९ र २०२० मा परिपक्क हुने बीमालेखहरुमा यो छुट प्रदान नगरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार