IME Life

मेगा बैंक “बैंक अफ दि इयर २०१९” बाट सम्मानित

SPIL
NIC ASIA

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड सन् २०१९ का लागि ‘बैंक अफ दि इयर’ बन्न सफल भएको छ ।

बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्स्ले प्रकाशित गर्ने ९० वर्ष भन्दा बढी इतिहास बोकेको विश्वविख्यात पत्रिका “दि बैंकर” ले सन् २०१९ का लागि अन्तर्राष्ट्रियस्तरमै प्रतिष्ठित ‘बैंक अफ दि इयर २०१९, नेपाल’ बाट मेगा बैंकलाई सम्मान गरेको हो ।

Prabhu
Crest

लण्डनमा बिहीबार आयोजित कार्यक्रमकाबीच मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह र प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले “बैंक अफ दि इयर, २०१९” को सम्मान ग्रहण गरे ।

सम्मान ग्रहण गरेपछि मेगा बैंकका अध्यक्ष शाहले अनवरत रुपमा ग्राहकवर्गलाई उत्कृष्ट वित्तीय सेवा प्रदान गर्दै थप हौसलाका साथ अघि बढ्न यो सम्मान मेगा बैंकका लागि महत्वपूर्ण कोसेढुङ्गाको रुपमा स्थापित भएको व्यहोरा व्यक्त गरे ।

अध्यक्ष शाहले मेगा बैंकको सफलता एवं उपलब्धीमा आफ्नो सहयोग, साथ तथा हौसलाद्वारा महत्वपूर्ण योगदान पु¥याउने ग्राहकवर्ग, शेयरधनी, कर्मचारी, नियामक निकायहरु, सञ्चार जगत लगायत शुभेच्छुकहरुप्रति आभार र कृतज्ञता व्यक्त गरे ।

यसैगरी, मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले नौ वर्षको छोटो सञ्चालन अवधिमै गुणस्तरीय बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गरेर प्रतिस्पर्धाको अग्रपङ्क्तिमा रहन सफल भएकै कारण मेगा बैंकले ‘बैंक अफ दि एयर, २०१९’ को उपाधि हासिल गर्न सफल भएको बताईन् । आगामी दिनहरुमा बैंकलाई थप सबल, समृद्ध एवं सक्षम बनाउन सबैको निरन्तर साथ र सहयोग रही रहने विश्वास प्रकट गर्दै आगामी दिनहरुमा समेत उत्कृष्ट सेवा प्रदान गर्न मेगा बैंक सदैब कटिबद्ध रहने प्रतिबद्धता व्यक्त गरिन् ।

यसै साता मेगा बैंकले अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको गुणस्तरीय व्यवस्थापन प्रणाली अनुशरण गरेवापत ‘आईएसओ ९००१ः२०१५’ प्रमाणपत्र समेत प्राप्त गरेको थियो ।

“दि बैंकर” ले विश्वभरका १२० भन्दा बढी राष्ट्रहरुका १ हजार भन्दा बढी बैंकहरु मध्ये हरेक राष्ट्रबाट एउटा उत्कृष्ट बैंकको छनौट गरी बैंक अफ दि इयर पुरस्कारबाट वर्षै पिच्छे सम्मानित गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS