आरएसडीसी लघुवित्तको साधारणसभा सम्पन्न, १६% लाभांश पारित

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाको छठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा एसियन होटल कालिकानगर बुटवलमा सम्पन्न भएको संस्थाले जनाएको छ ।

साभले सञ्चालक समितिले प्रस्ताव गरेको १६ प्रतिशत लाभांश पारित गर्ने गरेको छ । संस्थाले गत वर्षको नाफाबाट ६ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । सो प्रस्तावलाई सभाले पारत गरेको छ ।

सभामा आर्थिक वर्ष २०७५/७६ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा पनि छलफल भई पारित भएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७६/७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण तथा अन्य कुनै वित्तीय संस्थामा गाभ्न– गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिइएको समेत जनाएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ६३ करोड ३५ लाख १२ हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार