Prabhu Life Ad Final

गुराँस लघुवित्तको साधारण सभा भोली, यस्ता छन् प्रस्ताहरु

IME PAY

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको साधारण सभा भोली शनिबार हुने भएको छ । सभा न्यू अञ्जुली होटल, धनकुटामा बिहान ११ बजेबाट सुरु हुने संस्थाले जनाएको छ । सभा प्रयोजनका लागि संस्थाले कात्तिक २७ देखि मंसिर १४ गतेसम्म बुक क्लोज गरेको छ । त्यसकारण कात्तिक २६ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् ।

सभामा कम्पनीले ७ दशमलव ६१ प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ५९ लाख रुपैयाँ बराबरको बोनस वितरण गर्न लागेको हो । बोनस सेयरमा लाग्ने करका प्रयोजनका लागि ०.४० प्रतिशत नगद दिने प्रस्ताव समेत रहेको संस्थाले जनाएको छ ।

NCHL

सभामा कम्पनीले ‘घ’ वर्गका अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि हुनेछ । सञ्चालकहरुको भत्ता बढाउने एजेन्डा रहेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव रहेको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x