चौतारी लघुवित्तद्धारा कुखुरापालन तालिम सम्पन्न

रुपन्देही । चौतारी लघुवित्त वित्तीय सँस्थाको शाखा कार्यालय ठुठि पिपलले रुपन्देहीले आफ्ना ग्राहक सदस्यहरुलाई सिपमूलक तालित दिएको छ । संस्थाले शाखाकार्यालय ठुठिपिपल,रुपन्देहीमा आबद्ध सदस्यहरुमध्ये ४०.जनालाई निशुल्क रुपमा कुखुरापालन तालिम दिइएको जनाएको छ ।

तालिमकार्यक्रमलाई उद्धघाटनगर्दै ठुठिपिपलशाखाकीशाखाप्रबन्धकनिरा देवीपन्थले सस्थाले संचालन गर्ने यस्ता तालिमहरुले ग्रहाक सदस्यहरुलाई उपभोगमुखी मात्रै नभई उत्पादनमुखी हुने र वित्तिय आवश्यक्ता पुरा गर्न ग्राहक दिदिबहिनीहरुलाई सहजता हुने विश्वास लिए ।

तालिमका प्रशिक्षक संस्थाका कर्मचारी मधुसुदन अधिकारी रहेका थिए । तालिममा सहभागीहरुले कुखुरामा लाग्ने रोग तथा यसबाट गर्ने रोकाथाम तथा दान र चल्लाको बारेमा जानकारी हासिल गरेका थिए ।्

हालसम्म संस्थाले १५ जिल्लामा ५७ शाखाकार्यालयहरु मार्फत करीब ४६ हजार ६ सय भन्दाबढी सदस्यहरुलाई वित्तीय सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार