आशा लघुवित्तले दियो ३३ महिला सदस्यलाई सीपमूलक तालिम

Citizen Life Insurance Co

भरतपुर चितवन । आशा लघुवित्त वित्तीय संस्थाले सीपमूलक तालिम संचालन गरेको छ । सिंस्थाको शाखा कार्यालय भरतपुर चितवनमा आवद्ध सदस्यहरुमध्ये ३३ जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगा धुने सर्फ तथा स्याम्पु बनाउने तालिम प्रदान गरेको संस्थाले जनाएको छ ।

तालिम कार्यक्रमलाई उद्घाटन गर्दै शाखा कार्यालय भरतपुरको शाखा प्रबन्धक युवराज पौडेलले यस्तो किसिमको कार्यक्रमले महिलाहरु लाई उद्यमशिल बन्न थप सहयोग पुग्ने कुरा ब्यक्त गरे ।

वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिनुभएको उक्त तालिमबाट सहभागीहरुले कम लागतमा लुगा धुने सर्फ तथा साबुन बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए ।

हालसम्म वित्तीय संस्थाले २९ वटा जिल्लाहरुका ५५ शाखा कार्यालयहरु मार्फत करीब ५० हजार भन्दा बढी सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार