राष्ट्रिय वाणिज्य बैंकमा नयाँ खाता खोल्ने ग्राहकले टेलिकमको सिम निःशूल्क पाउने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिकम बीच बैंकमा नयां खाता खोल्ने ग्राहकहरुलाई निशुल्क रुपमा जि.एस.एम.सिमकार्ड उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दूरसंचार कम्पनीका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात बैंकमा नयां खाता खोल्ने ग्राहकहरुलाई नेपाल टेलिकमबाट उपलब्ध हुने जि।एस।एम।सिमकार्ड निशुल्क रुपमा उपलब्ध गराउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार