नेप्से ४ अंकले घट्यो, जीवन बीमा बाहेक सबै उपसूचक रातो

काठमाडौं । साताको अन्तिम दिन नेप्से ४ दशमलव ६७ अंकले घट्दा परिसूचक १११२.७९ बिन्दुमा झरेको छ ।

१६६ वटा कम्पनीको १२ लाख ७१ हजारभन्दा बढी कित्ता शेयर २४ करोड ३३ लाख रुपैयाँभन्दा बढी कारोबार भएको छ । जीवन बीमा समूहबाहेक सबै उपसूचकमा गिरावट आएको छ ।

हिमालयन डिस्ट्रिलरीको शेयर कारोबार सबैभन्दा धेरै भएको छ । कम्पनीको ३ करोड ३५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आज माउन्टेन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको शेयर ५ प्रतिशतले बढेको छ।साल्ट ट्रेडिङ कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको शेयर छ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार