८ अंकले बढ्यो नेप्से, २१ करोडमाथिको कारोबार

काठमाडौं । आज बुधबार शेयर बजार ८ दशमलव ३० अंकले बढको छ । शेयर बजार झण्डै दोहोरो अंकले बढेर १,११७ दशमलव ४६ को बिन्दुमा कायम भएको छ । आज ट्रेडिङ बाहेस सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै ६० अंकले जीवन बीमा समुह बढेको छ ।

आज दिनभरिमा १ सय ६५ कम्पनीको ७ लाख ३८ हजार ४ सय ४६ कित्ता शेयर ३ हजार ५ सय ९८ पटक खरिदवक्री हुँदा २१ करोड २३ लाख ६३ हजार रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै एनएमबि बैंकको २ करोड ७५ लाख रुपैयाँको कारोबार भएको छ ।

हिमालयन डिस्टीलरी, नबिल बैंक, नेपाल बैंकको १ करोडमाथिको कारोबार भएको छ । एनआइसी एशिया बैंक र छिमेक लघुवित्तको ६० लाखमाथिको कारोबार भएको छ ।

रिडी हाइड्रोपावरका लगानीकर्ता सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन् भने साल्ट ट्रेडिङका लगानीकर्ताले सबैभन्दा धेरै ६ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार