Prabhu Life Ad Final

महुली लघुवित्तले ३१ प्रतिशत लाभांश दिने सार्वजनिक गर्यो यस्तो योजना

IME PAY

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले प्रस्ताव गरेको २० प्रतिशत बोनस सेयरको अधिकांश हिस्सा सेयर प्रिमियमबाट वितरण गर्ने भएको छ । संस्थाको मंगलबार बसेको सञ्चालक समितिको ९५ औं बैठकले यस्तो निर्णय गरेको जनाएको हो ।

कम्पनीले वितरण गर्न लागेको २० प्रतिशत लाभांशको सम्बन्धमा स्रोतबारेमा प्रश्न उठेपछि हिजो बसेको सञ्चालक समितिको बैठकले लाभांशको स्रोत स्पष्ट पार्ने निर्णय गरेको छ ।

NCHL

कम्पनीले २० प्रतिशत बोनसका लागि २ करोड ४ लाखबाट १ करोड ९ लाख २० हजार ४३१ रुपैयाँ सेयर प्रिमियमबाट वितरण गर्नेछ भने बाँकी नपुग ९४ लाख ७९ हजार ५६९ रुपैयाँ भने गत आर्थिक वर्षको खुद मुनाफाबाट वितरण गर्ने जनाएको छ ।

कम्पनी सञ्चालक समितिको असोज २९ गते बसेको बैठकले २० प्रतिशत बोनस सेयर र ११ दशमलव ५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

हाल लघुवित्तको चुक्ता पुँजी १० करोड २० लाख रुपैयाँ छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x