लक्ष्मी बैंकको दुई नयाँ शाखा विस्तार

काठमाडौं । लक्ष्मी बैंकले कपिलवस्तुको गोरुसिङे र पकडिमा नयाँ शाखाहरु विस्तार गरेको छ । शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने बैंकको लक्ष्य रहेको जनाएको छ ।

हालसम्म बैंकले ४८ जिल्लाका विभिन्न स्थानमा ११९ शाखा २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४४ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ्ग एजेन्टहरुमार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार