IME Life

जीवन बीमा कारोबारमा उल्लेख्य वृद्धि, म्यादी बीमा १० प्रतिशतले घट्यो

SPIL
NIC ASIA

काठमाडौं । चालु आर्थिक बर्षको कात्तिकसम्ममा जीवन बीमालेखमा २५ प्रतिशतले वृद्धि भएको छ भने म्यादी बीमा कारोबारमा भने ह्रास आएको छ ।

बीमा समितिका अनुसार कात्तिक मसान्तसम्ममा कूल ६७ लाख ९३ हजार ४ सय १७ वटा बीमालेख बिक्रि गरेका छन् । गत बर्ष जीवन बीमा कम्पनीहरुको जीवन बीमालेखबाट ५४ लाख २३ हजार ५ सय ४९ बीमालेख विक्रि गरेकोमा यस वर्ष उल्लेख्य रुपमा बृद्धि भएको तथ्याङ्कले देखाएको छ ।

Prabhu
Crest

स्रोत : बीमा समिति

त्यस्तै वैदेशिक रोजगार बीमालेख भने १० प्रतिशतले घटेको छ । १९ जीवन बीमा कम्पनीहरुमार्फत गत बर्ष १६ लाख चार हजार ४ सय ४३ वटा बीमालेख बिक्री गरेको थियो ।

चालु आर्थिक बर्षको कात्तिक मसान्तसम्ममा जीवन बीमा कम्पनीको १४ लाख ३० हजार २ सय ८१ वटा बीमालेख बिक्री गरेका छन् । वैदेशिक रोजगारीको लागि मलेसिया जाने कामदार रोकिएपछि गत आर्थिक वर्षमा रेमिट्यान्स प्रवाहमा समेत ठूलो असर परेको थियो । सोही कारण म्यादी बीमामा केही गिरावट आएको तथ्याङ्कले देखाएको छ ।

जीवन बीमा कम्पनीहरुले गत बर्ष जीवन बीमालेख र वैदेशिक बीमालेखबाट कुल ७० लाख २७ हजार बीमालेख बिक्री गरेका थिए भने चालु आर्थिक बर्षको कात्तिक मसान्तसम्ममा जीवन बीमा र वैदेशिक बीमालेखबाट ८२ लाख २३ हजार ६ सय ६९ वटा बीमालेख बिक्री गरेका छन् । गत बर्षको तुलनामा १७ प्रतिशतले कुल जीवन बीमालेख सङख्यामा वृद्धि भएको देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS