IME Life

मेडिसिटी अस्पतालभित्र जचाउन गएकी युवतीमाथि डाक्टरद्वारा दुव्र्यवहार, घटनामा संलग्न पक्राउ

SPIL
NIC ASIA

काठमाडौं । ललितपुरको भैसेपाटीमा रहेको मेडसिटी अस्पतालका एक डाक्टरले जचाउन आएकी युवतीमाथि दुव्यवहार गरेपछि पक्राउ परेका छन् । आइतबार विहान पाँच सय रुपैयाँको टिकट काटेर ओपिडीमा जचाउन पुगेकी एक युवतीलाई जनरल फिजिसियन डाक्टर रोहित कुमार झाले चेकजाँच गर्ने नाममा दुव्र्यवहार गरेका थिए । अस्पताल स्रोतका अनुसार आफ्नो बिरामी जाँच्ने कोठामा चिकित्सिकीय मर्यादा विपरित बिरामी युवतीमाथि दुव्यवहार गरेको बताइएको छ ।

जचाउन आएकी ३० वर्षिय युवतीको पेन्टको जिपर जबरजस्ती खोलेर दुव्र्यवहार गरेको पीडित युवतीले प्रहरीलाई दिएको जाहेरीमा जनाएकी छिन् । ३७ बर्षिय डा. झाले युवतीलाई बिरामी सुताउने बेडमा राखेर यौन दुव्र्यवहार गरेको आरोप पीडित युवतीले लगाएकी हुन् ।

Prabhu
Crest

दुव्र्यवहारको भोलिपल्ट युवतीले महागनरीय प्रहरी परिसर ललितपुरमा उजुरी दिइन् । प्रहरीले तत्कालै मेडसिटी पुगेर डाक्टर झालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङले यौन दुव्र्यवहार गरेको पीडित युवतीको उजुरीका आधारमा मेडसिटी हस्पिटलका डाक्टर झालाई पक्राउ गरिएको पुष्टि गरे । डिएसपी तामाङले आजै जिल्ला अदालत ललितपुरबाट चार दिनका लागि म्याद थप भएको र प्रहरी अनुसन्धान जारी रहेको बताए ।

उता, मेडसिटी हस्पिटलकी प्रेस शाखामा कार्यरत मनिता पोखरेलले पीडक भनिएको डाक्टरलाई अस्पताल प्रशासन निलम्वन गरेको बताइन् । पोखरेलका अनुसार पीडित युवतीले अस्पताल प्रशासनसमक्ष कुनै गुनासो गरेकी थिईनन् । पोखरेलले गलत गरेको भन्ने अभियोग लागेपछि अस्पतालले संरक्षण नगर्ने र कानुन बमाजिम कारवाही गर्न सहयोग गर्ने बताईन् । मेडसिटी अस्पताल पछिल्लो समय स्थापना भएको अत्याधुनिक सुविधा सम्पन्न अस्पताल हो । उक्त अस्पतालसँग नेपालका केही बीमा कम्पनीहरुले क्यासलेस सम्झौता गरेर स्वास्थ्य बीमा गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS