माघदेखि प्रभु बैंकको भिसा कार्ड नचल्ने, अत्याधुनिक प्रविधियूक्त कार्ड जारी गर्दै

काठमाडौं । आगामी माघदेखि प्रभु बैंकको भिसा डेबिट कार्ड नचल्ने भएको छ । हाल बैंकले आफ्नो कार्ड सिस्टम अपग्रेड गरिरहेको र हाल संचालनमा रहेको भिसा कार्डलाई विस्थापन गरी एससिटि र यूपिआई कार्ड जारि गर्न लागेको जनाएको हो ।

माघ १ गतेदेखि हाल संचालनमा रहेका कार्ड नचल्ने भएकोले कार्ड वाहक ग्राहहरुले जुनसुकै शाखामा गएर नयाँ कार्ड लिन आग्रह गरेको छ ।

हाल संचालनमा ल्याएको एससिटि र यूपिआई कार्ड अत्याधुनिक प्रविधियूक्त तथा थप सुरक्षित भएको समेत बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार