यूनाइटेड इन्स्योरेन्सको ४ लाख ९९ हजार कित्ता सेयर लिलाम बिक्री खुला

Citizen Life Insurance Co

काठमाडौं । यूनाइटेड इन्स्योरेन्सको ४ लाख ९९ हजार १९२।६० कित्ता सेयर आजबाट लिलामीमा बिक्री खुला भएको छ । उक्त शेयरमा मंसिर १७ गतेसम्म आवेदन दिन पाइने कम्पनीले जनाएको छ ।

१ लाख ५७ हजार ६४९.६० कित्ता संस्थापक र ३ लाख ४१ हजार ५४३ कित्ता सेयर सर्वसाधरण समूहको छ । कम्पनीले २४० प्रतिशत हकप्रद सेयर जारी गर्दा सबै बिक्री नभएपछि उक्त शेयर लिलामी प्रक्रियाबाट बिक्रीमा ल्याइएको कम्पनीले जनाएको छ ।

कम्पनीले गत भदौ ३ गतेदेखि असोज २३ गतेसम्म ७२ लाख ५७ हजार ६०० कित्ता (२४० प्रतिशत) हकप्रद सेयर बिक्री गरेको थियो । यसको न्यूनतम अंकित मूल्य १ सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर बोलकबोल गर्नुपर्छ ।

उक्त शेयरमा एनएमबि क्यापिटल नागपोखरी काठमाडौंबाट र एनएमबि बैंकको झापा, जनकपुर, चितवन, बाग्लुङ्ग, घोराही, सुर्खेत र महेनद्रनगरबाट पनि आवेदन दिन सकिनेछ ।

त्यसैगरी एनएमबि क्यापिटल ै विराटनगर, वीरगञ्ज, हेटौडा, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढी शाखाबाट पनि लिलामी सेयरमा आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार