Prabhu Life Ad Final

प्रधानमन्त्री ओलीको अप्रेशन सफल, आज डिस्चार्ज नहुने

IME PAY

काठमाडौं । अत्याधिक पेट दुखाईपछि महाराजगन्जस्थित शिक्षण अस्पतालमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको केहीबेरअघि शल्यक्रिया सम्पन्न भएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रम ओलीको अप्रेशन सफल भएको जनाएका छन् । उनले प्रम ओलीको अप्रेशन सफल भएको भन्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

एपेन्डिसाईटिसको समस्या देखिएपछि अप्रेशन गरिएको जनाइएको छ । शिक्षण अस्पतालको पछाडिपट्टि रहेको मनमोहन थेरासिस भास्कुलर तथा ट्रयान्सप्लान्ट सेन्टरमा डा. रमेश सिंह तथा डा. दिब्या सिंहसहितको टिमले अप्रेशन गरेको हो ।
शिक्षण अस्पताल स्रोतका अनुसार अप्रेशनपछि प्रम ओलीलाई सिसीयुमा राखिएको छ ।

NCHL

सम्भवतः आज आईसीयुमा राखेर उपचार गरिनेछ । अप्रेशन थ्रिएटरमा कसैलाई भेटघाट गर्न दिइएको छैन । आज विहानै ट्रान्सप्लान्ट सेन्टरमा पुगेका प्रम ओलीको अप्रेशनमा उक्त सेन्टरका चिकित्सकहरुले सहयोग गरेको जनाइएको छ । प्रम ओलीको अप्रेशन सम्पन्न भएपश्चात अन्य चिकित्सकहरु आफ्नो आफ्नो ओटीमा फर्किसकेका छन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x