लक्ष्मी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Citizen Life Insurance Co

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको २६ दशमलव ३२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर २० गते वार्षिक साधारण सभा गर्न मंसिर ११ गतेबाट सभा हुने दिनसम्म बुक क्लोज गर्दैछ । त्यसकारण मंसिर १० गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्ने संस्थाले जनाएको छ ।

साधारण सभा अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

संस्थाले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिचशत बोनस र ११ दशमलव ३२ प्रतिशत नगद वितरण गर्न लागेको हो ।

सभाले सर्वसाधारण सेयरधनीबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन पनि गर्नेछ । प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ ।

त्यस्तै, अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पुर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ । आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा रहेको संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार