बिहेको सिजनमा सुनको मुल्य स्थीर, कति छ तोलाको भाउ ?

काठमाडौं । आज सोमबार सुन र चाँदीको मुल्य स्थीर रहेको छ । मंसिर महिनालाई बिहेको राम्रो सिजनको रुपामा लिने गरिन्छ । तर पनि यो महिनामा सिनको मुल्यमा भने खासै उत्तरचढाव देखिदैन् ।

यो महिनामा बहेको सिजनको कारण सुनको चादीको मुल्य धेरै बढ्ने डर सर्वसाधारणमा भए पनि खासै सुनको मुल्य बढेको छैन् । आज छापावाला सुन हिजो अर्थात आइतबार कै मुल्यमा स्थीर रहेको छ । आज प्रतितोला ७१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजाबी सुनको मुल्य पनि ७१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार सुनसँगै चाँदीको मूल्य पनि स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला ८५५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

आइतबार ७१ हजार ६०० रुपैयाँ कायममा कारोबार भएको थियो भने तेजाबी सुन ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार