Prabhu Life Ad Final

“छ माया छपक्कै” डिसहोमको सिनेमा घर च्यानल नम्बर १०८ मा रिलिज

IME PAY

काठमाडौं । वर्षकै सर्वाधिक सफल चलचित्र “छ माया छपक्कै” अब डिशहोमको सिनेमा घर च्यानल नम्बर १०८ मा प्रदर्शन हुने भएको छ ।

हाँस्यकलाकार दिपकराज गिरी, केदारप्रसाद घिमिरे(माग्ने बुढा), जितु नेपाल(मुन्द्रे), लगायत दर्जनौँ चर्चित कलाकारहरुको अभिनय रहेको यो चलचित्र मंसिर १३ गते देखि डिसहोमको सिनेमा घरमा प्रदर्शन हुने भएको छ ।

NCHL

डिसहोमले हल सम्म गएर सिनेमा हेर्न नभ्याउने र हलहरुको सहज पहुँच नभएको दर्शकहरुका लागि न्यूनतम शूल्कमा स–परिवार घरैमा बसी चलचित्र हेर्न मिल्ने पे पर भ्यु सुुविधा उपलब्ध गराईरहेको छ । पे पर भ्यु सुुविधा अन्तर्गत संचालन भईरहेको सिनेमा घर च्यानल नं १०८ मा नयाँ नेपाली सिनेमा हलमा लागेसंगै वा हलमा लागेको केहि समय पछि न्युनतम शुल्कमा हेर्न सकिन्छ ।

हरेक दिन आठ शो प्रदर्शन हुने सिनेमा घर एसएमएस पठाएर, डिशहोमको ग्राहक सेवा केन्द्रमा फोन गरेर र नजिकै डिशहोम बिक्रेता संग सम्पर्क गरेर सजिलै खुलाउन सकिन्छ ।

आमा सरस्वती मुभिज  र रोहित अधिकारीको ब्यानरमा निर्माण भएको वर्षकै सर्वाधिक सफल चलचित्र “छ माया छपक्कै” कात्तिक २४ गतेदेखि विभिन्न सहरहरुका मूख्य हलहरुमा सार्वजनिक रुपमा प्रदर्शन भएको थियो । चलचित्रले नेपाली सिनेमा जगतमा उत्कृष्ट प्रदर्शनी कायम गर्न सफल रहेको छ । व्यापारको उच्च प्रतिफल पाएको यस चलचित्र ५१औँ दिन मनाउने तयारीमा रहेको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x