मुक्तिनाथ विकास बैंकको ४ लाख कित्ता शेयर लिलामी बिक्री खुला

Citizen Life Insurance Co

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आजबाट ४ लाख ३ हजार २२० कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । कुल ४ लाख ३ हजार २२० कित्ता सेयरमध्ये १ लाख २ हजार ५१६ कित्ता संस्थापक र ३ लाख ७०३ कित्ता सेयर सर्वसाधरण समूहको रहेको छ ।

उक्त सेयरमा मंसिर १५ गतेसम्म आवेदन दिन पाइने छ । यसमा न्यूनतम अंकित मूल्य १ सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर बोलकबोल गर्नुपर्छ ।

ईच्छुक बोलकबोलदाताले काठमाडौं उपत्यकाको मुक्तिनाथ क्यापिटल, ट्रेड टावर तथा उपत्यका बाहिर पृथ्वीचोक पोखरा, नेपालगञ्ज, धनगढी, सुर्खेत, विराटनगर र जनकपुरबाट लिलामीमा आवेदन दिन सकिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार