वोमी र नागरिक लघुवित्तलाई एक आपसमा गाभिन राष्ट्र बैंकको अन्तिम स्वीकृती

काठमाडौं । नेपाल राष्ट्र बैंकले वोमी र नागरिक लघुवित्त वित्तीय संस्थालाई एक आपसमा गाभिन अन्तिम स्वीकृति दिएको छ । शुक्रबार यि दुई संस्थाहरुलाई एक आपसमा गाभिन नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको हो ।

२०७५ फागुन अन्तिम साता वोमी र नागरिकले मर्जरमा जान सहमति गरेका थिए । हाल वोमी लघुवित्त वित्तीय संस्थाले ३२ जिल्लामा आफ्नो शाखा सञ्जाल विस्तार गरी ग्रामीण भेगमा लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

नागरिक लघुवित्त नयाँ संस्था भएकाले हालसम्म सर्वसाधारणका लागि सेयर जारी गरिसकेको छैन
मर्जर पछि संस्थाको नाम वोमी लघुवित्त वित्तीय संस्था रहेने भएको छ भने संस्थाको प्रधान कार्यालय काभ्रेको बनेपामा राखिने भएको छ ।

सहमति अनुसार संस्थाको अध्यक्षमा विन्दिया प्रधान र सीईओमा वोमीका वर्तमान सीईओ प्रमेश आचार्य नै हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार