IME Life

सुर्खेतमा राष्ट्रिय बीमा संस्थानद्धारा बीमा अभिकर्ता तालिम सम्पन्न

SPIL
Sanima Reliance
GBIME

सुर्खेत । राष्ट्रिय बीमा संस्थानको सुर्खेत शाखाले कर्णाली प्रदेशमा पहिलोपटक बीमा अभिकर्ताहरुलाई तालिम तालिम दिएको छ । कम्पनीले उक्त प्रदेशका अभिकर्ताहरुको क्षमता अभिबृद्धिका लागि तीन दिने बीमा अभिकर्ता तालिम दिएको हो ।

उक्त कार्यक्रममा मङ्सिर ५ गतेदेखि ७ गतेसम्म संचालन भएको कम्पनीले जनाएको छ । उक्त तालिममा ३३ जना अभिकर्ताहरुको सहभागिता रहेको थियो ।

Prabhu
Crest

उक्त तालिममा अभिकर्ताहरुले बीमाको महत्व, सिद्धान्त र प्रकारहरु, बीमा ऐन नियामावलि तथा बिनियामावलिहरु बीमा संस्थानमा प्रचलित बीमालेखहरु बीमा बजारिकरण र अभिकर्ता ब्यबसाय वृद्धिका तरिकाहरुका बारेमा जानकारी लिएका थिए ।

कार्यक्रममा संस्थानका प्रशासक कवि प्रसाद पाठकले संस्थानको भाबी कार्यदिशा र यस क्षेत्रको बिस्तारमा बीमा अभिकर्ताले निर्बाह गर्नु पर्ने भुमिकाको बारेमा सहभागिहरुलाइ प्रशिक्षण दिएका थिए ।

साथै संस्थानका सुर्खेत शाखा प्रमुख रमेश उपाध्यायले बीमाको इतिहास र राष्ट्रिय बीमा संस्थानको परिचय तथा काम कर्तब्यका बारेमा जानकारी दिएको कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS