IME Life

बुटवल शेयर बजारको हब बन्दै: सुर्य पाण्डेय

SPIL
NIC ASIA

मोफसलमा शेयर बजार दिन प्रतिदिन विस्तार हुने क्रम जारी छ। यस क्षेत्रमा शेयर बजार विकास र विस्तारका लागि निरन्तर लागेका बुटवल स्थित सफल नेपाल इन्भेस्टमेन्टका संचालक र नेपाल पुँजीबजार लगानीकर्तासंघ प्रदेश ५ सह-सयोजकका रुपमा कार्य गरेका सूर्य पाण्डेयसँग इन्स्योरेन्स खबरले गरेको छोटो कुराकानी:

प्रदेश ५ मा अहिले शेयर बजारको अवस्था के छ ?
“मेरो शेयर” मार्फत प्राथमिक बजारमा लगानीकर्ताको राम्रो पहुँच रहँदै आएको छ। देश भित्रका लगानीकर्ता मात्र नभएर वैदेशिक रोजगारीको सिलसिलामा विदेश रहेका नेपालीले पनि सजिलै प्राथमिक बजारमा प्रवेश पाएका छन्।

Prabhu
Crest

प्रदेश ५ त्यसमा पनि बुटवलमा एकै पटक ५ ब्रोकरका शाखा आउँदा यस क्षेत्र वरिपरि दोश्रो बजारको राम्रो पहुँच हुँदै आएको छ। अहिले प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा ५ वटा ब्रोकरका शाखा मार्फत शेयर कारोवार हुँदै आएको अवस्थामा भैरहवामा एउटा ब्रोकरको शाखा रहेको छ। त्यस्तै दाङ्गमा एउटा र नेपालगंजमा दुई ब्रोकर कार्यालय रहेका छन्।

 प्रदेश तहबाट यस क्षेत्रमा शेयर बजार सम्बन्धी कार्यक्रम नै नहुनु दुखको कुरा हो।

मोफसलका अन्य क्षेत्र भन्दा प्रदेश ५ त्यसमा पनि बुटवलमा शेयर बजारले राम्रै विस्तार लिन सकेको छ। बुटवल आर्थिक रुपमा हब बन्दै गएको कारणले गर्दा पनि निकट भविष्यमा यस क्षेत्रमा आर्थिक क्रियाकलापहरु बढ्ने र त्यसको सोजो असर शेयर बजारमा पर्ने देखिन्छ। त्यसैले मैले यस क्षेत्रमा शेयर बजारको भविष्यमा राम्रो देखेको छु। यस क्षेत्रमा नयाँ लगानीकर्ताहरु भित्रने क्रम जारी छ।

यस क्षेत्रमा पुँजी बजार विकास र विस्तारको लागि के  कस्ता कार्य हुँदै छन् ?
अहिले आएर नेप्से, धितोपत्र बोर्ड र स्थानीय लगानीकर्ताको सक्रियतामा यस क्षेत्रमा शेयर बजार विकास विस्तारका निमित्त निरन्तर कार्यक्रम हुँदै आएका छन्।  धितोपत्र बोर्ड, नेपाल स्टक एक्सेञ्जले बेला बेलामा अन्तरक्रिया कार्यक्रमहरु गर्दै आएको र  सफल नेपाल इन्भेस्टमेन्ट कम्पनीले पनि शेयर बजार सम्बन्धी तालिम दिँदै आएको छ।
व्यवस्थापन पढाउने कलेजमापनि शेयर बजार सम्बन्धी तालिम हुँदै आएको छ। नेप्से धितोपत्र बोर्डहरुले गर्ने विभिन्न कार्यक्रमले गर्दा जनताको शेयर बजार प्रतिको नजर राम्रो हुँदै आएको छ।

प्रदेश तहबाट शेयर बजार विकासक लागि केही कार्यक्रम हुँदै आएका छन् की ?
प्रदेश तहबाट यस क्षेत्रमा शेयर बजार सम्बन्धी कार्यक्रम नै नहुनु दुखको कुरा हो। प्रदेश तथा स्थानीयतहले शेयर बजार सम्बन्धी जनचेतना कार्यक्रम गर्दा अझै शेयर बजार प्रति स्थानीय जनताको चासो वृद्धि हुने थियो। आगामी दिनमा प्रदेश सरकारले शेयर बजार विस्तारका लागि विभिन् कार्यक्रम गरेमा यस क्षेत्रमा पुँजी बजार विस्तार गर्न अझै सहज पुग्ने छ। त्यसैले प्रदेश सरकारबाटपनि पुँजी बजार विस्तारको लागि निरन्तर अन्तरक्रिया कार्यक्रम, गोष्ठी आयोजना गर्नु पर्ने देखिन्छ।

अहिले प्रदेश तहमा पनि ब्रोकर लाईसेन्स दिनु पर्ने आवाज उठेको छ, यसमा के भन्नुहुन्छ ?
यो वास्तवमा निकै राम्रो कुरो हो। स्थानीयले ब्रोकर लाईसेन्स पाउँदा अझै स्थानीयको विस्वास बढ्ने छ । पुँजी बजारमा नयाँ लगानीकर्ताहरु आक्रामक रुपमा प्रवेश गर्ने छन्। मोफसलका शहरहरु पनि कम छैनन्, उनीहरु पनि ब्रोकर कार्यलय संचालन गर्न योग्य छन्। हामीले पनि यो माग निरन्तर राख्दै आएका छौ।

अहिलेको बजारलाई कसरी हेर्नु भएको छ ?
अहिले बजार निरन्तर घट्न थालेको करिव ३ वर्ष भन्दा धेरै भैसकेको छ। अहिले धेरै कम्पनीहरु आधारभूत हिसाबले बलियो हुँदै आएका छन्। त्यसमा पनि बजारलाई ड्राईभ गर्ने वाणिज्य बैंकहरु अहिले “अन्डर भ्यालूड” जोनमा रहेका छन् । त्यसैले पनि बजारमा अबका दिनमा त्यति ठुलो “प्यानिक” आउने देखिदैन।
अहिलेको बजारको मुख्य समस्या भनेको व्याज हो। व्याज र शेयर बजारको नकारात्मक सम्बन्ध हुन्छ। त्यसैले व्याज दरमा गिरावट आउँन थालेपछि बजारले गति लिन थाल्ने छ। हकप्रद र बोनस शेयरले गर्दा केही “शेयर सप्लाई” अझै पनि बजारमा कायम छ।

अन्त्यमा लगानीकर्ताहरुलाई के भन्न चाहनुहुन्छ ?
लगानी गर्दा जहिले पनि कम्पनीको आधारभूत कुरा र लाभांस दिने क्षमताको आधारमा गर्नु पर्छ। लगानी र प्रतिफलको आधारमा लगानी गर्नु राम्रो हो।  धरै लोभ गर्दा पनि लगानीकर्ताले मुनाफा आर्जन गर्न सक्दैनन् । लगानी गर्दा जहिले पनि “पोर्टफोलियो” व्यवस्थापन गर्नु पर्छ। “पोर्टफोलियो” व्यवस्थापन गर्दा जोखिम घट्न थाल्छ।

अत्याधिक कर्जा लिएर शेयर बजारमा   लगानी गर्नु  हुँदैन। आक्रामक रुपमा बजारमा लगानी गर्नु पनि हुँदैन।  आफु संग भएको वचतको केही रकमलाई शेयर बजारमा आधारभूत रुपमा बलियो कम्पनी किन्दा दीर्घकालीन रुपमा लगानीकर्तालाई फाईदा हुन्छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS