IME Life

सहुलियतपूर्ण कर्जा कार्यविधि दोस्रो पटक संसोधन, अब सजिलै ऋण पाइने !

SPIL
NIC ASIA

काठमाडौं । युवालाई सहुलीयतपूर्ण कर्जा उपल्ब्ध गराई स्वदेशमै उद्यमशील बनाउने उद्देश्यले नेपाल सरकारले अघिल्लो आर्थिक वर्षदेखि अघि सारेको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि– २०७५’ संशोधन गरिएको छ ।
कार्यविधिमा रहेका झन्झटिला प्रावधानका कारण युवाहरुले ऋण लिनै नसकेपछि राष्ट्रिय युवा परिषद्को आग्रहमा सरकारले यो कार्यविधि दोस्रो पटक संशोशन गरेको हो ।

अर्थमन्त्रालयले कार्यविधि संशोधन गरी मन्त्रिपरिषद्बाट स्वीकृत गरिएको परिषद्ले जनाएको छ । संसोधन गरिएको कार्यविधिमा ९ प्रकारको सहुलीयतपूर्ण कर्जा प्रवाह गरिने व्यवस्था छ । यस अघि परिषदले सात प्रकारको कर्जा प्रदान गर्दै आएको थियो । यस पटक नयाँ दुई प्रकारका कर्जामा सहुलीयत थप गरिएको हो ।

Prabhu
Crest

परिषद्का अनुसार वैदेशिक रोजगारबाट फर्किएका युवालाई तीन वर्ष नबितेको हुनुपर्ने व्यवस्था खारेज गरी वर्ष नतोकी विदेशबाट फर्केका जुनुसुकै युवाले कर्जा पाउने उल्लेख गरिएको छ । साथै विदेशबाट फर्केको युवाले कर्जा सुविधा पाउन कुनै तालिम वा पेशा व्यवसाय वा कुनै क्षेत्रमा आवद्ध भएको व्यवस्था खारेज गरी सहजीकरण बनाइएको छ । विदेशबाट फर्केको प्रमाणको आधारमा उनीहरुको रुची र अनुभवका आधारमा कर्जा उपलब्ध गराउने परिषद्ले जनाएको छ ।

साथै दुईप्रतिशतभन्दा ब्याजदर बढाउन पाउने व्यवस्था भएकोमा सहुलीयत कर्जामा अब १० प्रतिशतभन्दा बढी ब्याजदर लिन नपाउने गरि संसोधन गरिएको परिषद्ले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS