IME Life

छोरीको जन्मदिनमा बीमा पोलिसी उपहार

SPIL
NIC ASIA

चितवन । बीमा पोलिसीलाई विभिन्न उत्सवहरुमा उपहार स्वरुप दिने क्रम बढ्दै गएको छ । यसै क्रममा चितवनको भरतपुर–१५ निवासी लक्ष्मी श्रेष्ठले बिहिवार छोरी अनुभा श्रेष्ठको जन्म दिनको अवसरमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी भरतपुर शाखाबाट जारी जीबन बीमा पोलिसी उपहार दिएकी छिन् । छोरीको भविष्य सुनिश्चित गर्न १० औं जन्मदिनको अवसरमा १० लाख रुपैयाँको बीमा गरी पोलिसी उपहार स्वरुप दिएको लक्ष्मीले बताइन् । बालसमृद्धि बीमा पोलिसी अन्तर्गत बच्चाको उमेर १६ वर्ष पुग्दा सम्म बच्चा र प्रस्ताव दुवैको जोखिम कभरेज हुने कम्पनीका सहायक महाप्रबन्धक घनश्याम पुरीले बताए । बीमा अवधी समाप्त भएपछि बीमाङ्क रकम १० लाख रुपैयाँ र बोनस पाइनेछ ।

विभिन्न पर्व उत्सव तथा जन्म दिनमा हुने अनावश्यक खर्च कटौती गरी भविष्यमा हुने शिक्षा तथा स्वास्थको ग्यारेन्टी हुने भएकोले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा बीमा गरिएको श्रेष्ठले बताईन् ।

Prabhu
Crest

कम्पनीका सहायक महाप्रबन्धक पुरीले बीमित बालिकालाई जन्मदिनको अवसरमा बिमा पोलिसी हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । सो बीमा पोलिसी हस्तान्तरण कार्यक्रममा भरतपुर उपशाखाका प्रमुख रविन्द्र अधिकारी, अभिभावक, आफन्त र कम्पनीका कर्मचारीहरुको उपस्थितिमा थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS