नेप्से ७ अंकले घट्यो, २९ करोडमाथिको कारोबार

काठमाडौं । नेप्से ७ दशमलव ७४ अंकले घटेर परिसूचक ११२० दशमलव ६० बिन्दुमा झरेको छ ।

कुल १६७ वटा कम्पनीको १० लाख ५० हजारभन्दा बढी कित्ता शेयर २९ करोड ७७ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ ।आज कारोबारमा आएका समूहमध्ये व्यापार, अन्य र सामूहिक लगानी कोष समूहबाहेक बाँकी सबै समूह घटेका छन् ।

आज पनि एनएमबि बैंकको कारोबार सबैभन्दा धेरै अर्थात ४ करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य आज पनि करिब १० प्रतिशतले बढेको छ ।

जनउत्थान सामुदायिक लघुवित्त कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य आठ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार