नयाँ मन्त्रिहरुद्वारा शपथग्रहण

Citizen Life Insurance Co

काठमाडौं । बुधबार राति अवेर नियुक्त भएका मन्त्रीहरूले बिहिवार विहान पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहका बीचमा शीतलनिवासमा बिहीबार बिहान नवनियुक्त ६ मन्त्रीलाई शपथ गराएकी हुन् ।

त्यसैगरी, बिहिवार नै नवनियुक्त अन्य तीन जना राज्य मन्त्रीहरूलाई प्रधानमन्त्रीले केपी शर्मा ओलीले शपथ गराएका छन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय सभाका अध्यक्षलगायतको उपस्थिति रहेको थियो । प्रधानमन्त्रीको ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गरेकी थिईन् ।

बिहिवार विहान वसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी र पार्वत गुरुङ, लेखराज भट्ट र रामेश्वर राय यादवले पद तथा गोपनीयताको शपथ लिएका हुन् । मन्त्रिमण्डल पुनर्गठन गरिए पनि बीमाको तालुकदार अर्थमन्त्रालयमा भने कुनै परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार