Prabhu Life Ad Final

कामना सेवा विकास बैंकको नाफामा आकर्षक सुधार, अन्य वित्तीय सूचक कस्तो ?

IME PAY

काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । बैंकले यस अवधिसम्म नाफामा आकर्षक सुधार गरेको छ । यसअवधिमा बैंकले १ करोड ८६ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ५६८.९७ प्रतिशतले बढी हो । गत वर्ष बैंकको खुद नाफा २७ लाख ८८ हजार रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको यस अवधिसम्म बैंकले २४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी ७९.१७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षमा बैंकले १४ करोड रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो ।

NCHL

त्यस्तै, बैंकले सञ्चालन नाफामा पनि बृद्धि गर्न सफल भएको छ । बैंकले यस अवधिसम्म संचालन मुनाफा ५५९.०७ प्रतिशतले बृद्धि गरेको छ ।

यस अवधिसम्म बैंकले निक्षेप संकलन तथा कर्जा लगानीमा पनि बृद्धि गर्न सफल भएको छ । यस अवधिसम्म बैंकले निक्षेप संकलनमा ६० प्रतिशतले बृद्धि गरेको हो भने कर्जा लगानी ५५ प्रतिशतले बृद्धि गरेको हो ।

प्रतिसेयर आम्दानी २ रुपैयाँ ४९ पैसाले बढेर २ रुपैयाँ ९४ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ८१ पैसा छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x