IME Life

यातायात व्यवस्था विभागको निर्णयः स्कार्पिओदेखि पठाओ र टुटलसम्मलाई चेतावनी

SPIL
NIC ASIA

काठमाडौँ । यातायात व्यवस्था विभागले निजी प्रयोजनको लागि दर्ताको प्रमाणपत्र प्राप्त सवारी साधनहरुले भाडा लिई यात्रु ओसारप्रसार गरेको भन्दै कडा चेतावनी दिएको छ ।

त्यसको प्रत्यक्ष असर बीमा क्षेत्रमा समेत पर्दै आएको थियो । निजि सवारी साधन दर्ता गरी निजि साधनकै रुपमा यात्रु तथा तेस्रो पक्ष बीमा गरी सार्वजनिक रुपमा यात्रु ओसार-पसारमा प्रयोग भई दुर्घटनामा पर्दा ठूलो मात्रामा बीमा दावी पर्ने गरेको छ ।

Prabhu
Crest

यातायात व्यवस्था विभागले साधन धनीलाई चेतावनी दिँदै निजि सवारी साधनले सार्वजनिक रुपमा यात्रु ओसार पसार गरेमा कारवाही गर्ने निर्णय गरेको छ । विभागले एक सूचना जारी गर्दै कानूननको उल्लघन गरी निजी सवारी साधनले भाडा लिई यात्रु ओसारपसार नगराउन सबै निजी सवारी सञ्चालकहरुलाई चेतावनी दिएको हो ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८(२) मा “निजी सवारी यातायात सेवाको लागि प्रयोग गर्न पाईने छैन” र दफा १२ मा ”कुनै एक प्रयोजनको निम्ती दर्ता भएको सवारी अर्को प्रयोजनको निम्ति प्रयोग गर्न पाईने छैन” सूचनामा लेखिएको छ ।

कानूननको उल्लघन गर्दै सवारी साधनहरुले भाडा लिई यात्रु ओसारपसार गरेको जनमानसको गुनासोलाई मध्यनजरर गर्दै विभागले यस्तो चेतावनी दिएको जनाइएको छ । नेपालमा स्कारर्पियो तथा सुमो गाडीहरु अत्याधिक मात्रामा निजि रुपमा दर्ता गरी रिजर्भ भन्दै सार्वजनिक रुपमा प्रयोग हुँदै आएको छ भने टुटल र पठाओ जस्ता अनलाईनले निजि साधनको रुपमा दर्ता भएका दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनले सार्वनिक रुपमा यात्रु ओसार्दै आएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS