Prabhu Life Ad Final

लुम्बिनी विकास बैंकको नाफा ११ करोड ९९ लाख

IME PAY

काठमाडौं । लुम्बिनी विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड ९९ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा ३.०४ प्रतिशतले बढी हो । गत वर्ष बैंकले ११ करोड ६३ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

असोज मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा १ करोड ७३ लाख २२ हजार रुपैयाँ पुगेको छ ।

NCHL

चालु आर्थिक वर्षको यस अवधिसम्म बैंकलेखुद ब्याज आम्दानीमा समेत बृद्धि गर्न सफल भएको छ । बैंकले यस अवधिसम्म ३० करोड ६९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी ३१ प्रतिशतले बढी हो ।

त्यस्तै बैंकको संचालन मुनाफा पनि बृद्धि भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको संचालन मुनाफा ९ प्रतिशतले बढी हो ।

बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ६३ पैसाले बढेर १८ रुपैयाँ ५५ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ४१ पैसा रहेको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x