IME Life

सामान्य अंकले घट्यो नेप्से, ३० करोडमाथिको कारोबार

SPIL
NIC ASIA

काठमाडौं । साताको शुरुदेखि लगातार नेप्से परिसूचक घटेको छ । आज पनि साताको चौथो दिन नेप्से सामान्य अंकले घटेको छ । शेयर बजारमा नेप्से परिसूचक १ दशमलव ६५ अंकले घटेर १,१२८ दशमलव ३४ को विन्दुमा कायम भएको छ ।
बैंकिङ र ट्रेडिङ बाहेक सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा समुह ३० अंकले घटेको छ । यता, सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव २५ अंकले घटेको छ ।

आज दिनभरिमा १ सय ६५ कम्पनीको १० लाख ९७ हजार ९ सय २० कित्ता शेयर ५ हजार ३ सय २८ पटक खरिदविक्री हुँदा ३० करोड ३७ लाख रुपैयाँका कारोबार भएको छ । सबैभन्दा धेरै एनएमबि बैंकको ३ करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, नेपाल बैंक र नबिल बैंकको २ करोडमाथिको कारोबार भएको छ । प्राइम कमर्सियल बैंकको १ करोड २२ लाख रुपैयाँको कारोबार भएको छ । प्रभु बैंकको ९० लाख रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै साल्ट ट्रेडिङका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरलेकमाएका छन् भने सबैभन्दा धेरै राधी हाइड्रोपावरका लगानीकर्ताले ६ दशमलव ६६ प्रतिशतले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS