Prabhu Life Ad Final

ज्योति विकास बैंकको उत्साहजनक प्रगति, यस्तो देखियो प्रथम त्रैमास

IME PAY

काठमाडौं । ज्योति विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । बैंकले यस अवधिसम्म उत्साहजनक प्रगति गरेको छ ।

यस अवधिमा बैंकले १३ करोड ७९ लाख ९५ हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंककोे खुद नाफा ११७.६७ प्रतिशतले बढी हो ।

NCHL

गत वर्ष यस बैंकले ६ करोड ३३ लाख ९६ हजार रुपैयाँ नाफा कमाएको थियो । असोज मसान्तमा बैंकको वितरण योग्य नाफा ३ करोड ७ लाख रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकको खुद ब्याज आम्दानीमा पनि बृद्धि भएको छ । बैंकको खुद ब्याज आम्दानी ३६ करोड ९६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तु्लनामा बैंको खुद ब्याज आम्दानी ७७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २० करोड ९८ लाख रुपैयाँमा त्र खुद ब्याज आम्दानी गरेको थियो ।

त्यस्तै, सञ्चालन नाफा पनि बृद्धि भएको छ । यस अवधिसम्म बैंकको संचालन मुनाफा १ सय १८ प्रतिशतले बढी हो । यस अवधिसम्म बैंकले १९ करोड ७१ लाख रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ ।

त्यस्तै, यस अवधिसम्म प्रतिसेयर आम्दानी ८ रुपैयाँ ०३ पैसबाट बढेर अहिले १७ रुपैयाँ ८१ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ०८ पैसा रहेको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x