IME Life

नेपाल एसबीआई बैंकको साधारण सभा मंसिर २९ गते, यस्ता छन् प्रस्ताव

SPIL
NIC ASIA

काठमाडौं । नेपाल एसबीआई बैंकले मंसिर २९ गते साधारण सभा गर्ने भएको छ । साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे सुरु हुने बैंकले जनाएको छ ।

सभामा बैंकले १६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । बैंकले गत वर्षको नाफाबाट ६ प्रतिशत बोनस सेयर र १०.८४ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

Prabhu
Crest

मंसिर १२ गतेसम्म कायम रहने सेयरधनी मात्र प्रस्तावित बोनस तथा नगद लाभांशको हकदार हुनेछन् ।

बैंकले ५० करोड ६९ लाख ५५ हजार रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । ९१ करोड ५८ लाख ९८ हजार ७०० रुपैयाँ नगद वितरणमा खर्च गर्नेछ ।

त्यस्तै, सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्विजिसन गर्नु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा सभामा पेश गर्नेछ । बोनस पश्चात अधिकृत पुँजी र चुक्ता पुँजी वृद्धि हुने हुँदा सोही बमोजिम नियमावली संसोधन गर्ने एजेन्डा पनि छ ।

साथै, आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन र सोही अवधि सम्मको नाफा नोक्सान सम्बन्धी प्रस्ताव पनि पेश हुनेछ । आर्थिक वर्ष २०७६/७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । साधारण सभा गर्न बैंकले मंसिर १३ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्नेछ ।

हाल यस बैंकको चुक्ता पुँजी ८ अर्ब ४४ करोड ९२ लाख ५० हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी ८ अर्ब ९५ करोड ६२ लाख ५ हजार रुपैयाँ पुग्नेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS