IME Life

ट्याङ्कर अपहरण काण्ड बीमातर्फ सोझिदै, प्रहरी अनुसन्धान जारी

SPIL
NIC ASIA

काठमाडौं । मंगलबार विहानको राती १ बजेदेखि सिराहा जिल्लाको लाहानबाट अपहरणमा परेको नेपाल आयल निगमको इन्धन सहितको ट्याङ्कर फेला परेको छ भने चालक र सह–चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।प्रहरी अनुसन्धानले इन्धन सहितको ट्याङ्कर अपहरण काण्ड बीमातर्फ सोझिन सक्ने संकेत गरेको छ । अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले इन्स्योरेन्स खवरसँग भने, ‘चालकलाई नियन्त्रणमा लिइसकेका छौं, ट्याङ्कर धनुषामा भेटिएको छ, ढुवानीकर्ताले बीमा दावी वा अन्य कुनै लाभको स्वार्थ छ कि भनेर अनुसन्धान गरिरहेका छौं ।’ अनुसन्धानमा संलग्न प्रहरीका अनुसार अपहरणमा परेका भनिएका ट्याङ्करका चालक र सह–चालकले आफ्नो बयान फेर्ने गरेकाले अहिले नै यसै भन्न सकिने अवस्था छैन ।

अमलेखगञ्ज डिपोबाट विराटनगर आइरहेको नेपाल आयल निगमको डिजेल बोकेको ट्यांकर मंगलबार विहान सिरहाको लहानबाट अज्ञात समुहले नियन्त्रणमा लिएर गएको थियो । सम्पर्क बिच्छेद भएको ट्याङ्कर चालक आफै साँझ प्रहरी सम्पर्कमा आएका थिए ।

Prabhu
Crest

चालक रामदेव यादव र सहचालक उमेश यादवले आफूहरुलाई राति एक समूहले अपरण गरी ट्यांकर भारततर्फ लगेको बयान दिएको प्रहरीको भनाई छ । प्रहरीले उनीहरुको कुरालाई विश्वास नगरेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको एसपी चतुर्वेदीले बताए ।

जिल्ला प्रहरी कार्यालय सिराहा स्रोतका अनुसार नेपालमा भन्दा भारतमा पेट्रोलियम पदार्थ महंगो मूल्य आउने हुँदा अपहरण गरेर इन्धन भारतमा पुर्याएर मालिकले बीमा दावी गर्न सक्ने कोणबाट अनुसन्धान भइरहेको छ । २० हजार लिटर इन्धन सहितको ट्याङ्कर अपरणमा परेको थियो ।

नेपाल आयल निगमका अनुसार इन्धन ढुवानीको बीमा गरिएको थियो । कम्पनी खुल्न बाँकी छ । बीमा दावी गरेमा झण्डै २० लाखको बीमा दावी भुक्तानी गर्नुपर्नेछ । यद्यपि प्रहरीले बीमा दावीकै लागि अपहरण जस्तो अपराध गरेको हो होइन भन्ने अनुसन्धान गरिरहेकाले अहिले नै यकिन भन्न सकिने अवस्था छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS