Prabhu Life Ad Final

सिटिजन लाइफद्धारा साढे ५ लाख मृत्यु दावी भुक्तानी

IME PAY

भैरहवा । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमित पुष्पा कुमारी शर्मा बढईको परिवारलाई पाँच लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।

मृतक बीमित बढईले कम्पनीको भैरहवा शाखामार्फत गत बैशाख ३० गते ५ लाखको बीमा गरेकी थिईन् । कम्पनीले मृतक परिवारलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं ४, कचरिहवा पुगेर एक कार्यक्रमकोबीच उक्त रकम भुक्तानी गरेको हो ।

NCHL

उक्त रकम कम्पनीका भैरहवा शाखा प्रबन्धक नरेश सिग्देल र सिद्धार्थनगर न. पा. वडा नं ४ का वडा अध्यक्ष मुक्तिनाथ यादवले संयुक्त हस्तान्तरण गरेका हुन ।

जीबन बीमा अभिकर्ता निलम शर्मामार्फत बढई परिवारले गत वैशाखमा ५ लाखको १५ वर्षे सिटिजन बाल भविष्य योजना नामको बीमा गरेको कम्पनीले जनाएको छ ।

गत असोज १८ गते मृत्यु भएको परिवारले जनाएको छ । मृतक परिवारले प्रथम बीमा शुल्क बापतको ४० हजार ८ सय ९१ रुपैयाँ मात्र कम्पनीलाई बुझाएका थिए ।

कम्पनीका अनुसार, मृतक परिवारको मानवीय क्षती (मृत्यु) बापत ५ लाख र काजक्रिया खर्च बापत ५० हजार गरी ५ लाख ५० हजार रकम एकमुष्ठ तत्काल भुक्तानी गरेको हो ।

५ वर्षिय अँशुले बीमा अवधी कायम रहुन्जेल अर्थात अझै १४.५ वर्ष सम्म कम्पनीबाट मासिक ५ हजार रुपैयाका दरले मासिक आय लाभ पाउनेछिन् ।

त्यस्तै, अब उनको परिवारले कम्पनीलाई कुनै रकम बुझाउनु पर्ने छैन । बीमा अवधि समाप्तिमा अंशुले ५ लाख बीमाङ्क र नियमअनुसारको बोनस एकमुष्ठ पाउने कम्पनीले जनाएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x