IME Life

नयाँ जीवन बीमा कम्पनीहरुमध्ये प्रिमियम संकलनमा यूनियन आक्रामक, रिलायबलको जगेडा बलियो,अरुको अवस्था कस्तो ?

SPIL
NIC ASIA

काठमाडौं । १० नयाँ जीवन बीमा कम्पनीहरुले संचालनको अनुमति पाएसँगै नेपाली जीवन बीमा क्षेत्र एकदमै आक्रामक हिसाबले अघि  बढेको थियो।  नयाँ बीमा कम्पनीको आगमनसँगै पुराना जीवन बीमा कम्पनीहरुलाई पनि केही आक्रामक बनाएको छ।

१० नयाँ जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष ७६/७७ को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेको अवस्था छ। प्रथम त्रैमासको आधारमा इन्स्योरेन्स खबरले गरेको तुलनात्मक अध्ययन :

Prabhu
Crest

चुक्ता पूँजीको आधारमा :
१० नयाँ जीवन बीमा कम्पनीहरुमध्ये सिटिजन लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी सबै भन्दा धेरै छ। सिटिजन लाइफको चुक्ता पूँजी १ अर्ब ७५ करोड रहेको छ। बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई २ अर्ब पुँजीको लक्ष्य दिएकोमा अब सबै १० नयाँ जीवन बीमा कम्पनीहरुले आईपिओ मार्फत पुँजी वृद्धि गर्दै सो लक्ष्य हासिल गर्ने छन्।

जगेडा कोषको आधारमा :
१० नयाँ जीवन बीमा कम्पनीहरुमध्ये रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जगेडा कोष बलियो छ। रिलायबल नेपाल लाइफको जगेडा कोषमा अहिले ४९ करोड ९५ लाख रुपैयाँ रहेको छ। त्यस्तै महालक्ष्मी  लाइफ इन्स्योरेन्सको जगेडा कोष सबै भन्दा थोरै छ। कोषमा अहिले ३ करोड २४ लाख रुपैयाँ संचित छ।

जीवन बीमा कोषको आधारमा :
१० नयाँ जीवन बीमा कम्पनीहरुमध्ये युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा कोष एकदमै बलियो छ। कोषमा अहिले २ अर्ब ४९ करोड रुपैयाँ रहेको छ। त्यस्तै सानिमा लाइफ इन्स्योरेन्सको जीवन बीमा कोष सबैभन्दा थोरै छ।सानिमा लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा अहिले ३० करोड २ लाख रुपैयाँ छ। जीवन बीमा कम्पनीहरुको हकमा जीवन बीमा कोषलाई एकदमै महत्तोका साथ हेरिन्छ।
कुल बीमा शुल्क आर्जनको आधारमा:
१० नयाँ जीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्नेमा  यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड पर्दछ। यूनियन लाइफले आर्थिक वर्षको प्रथम त्रैमासमा ७९ करोड ३१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने सबैभन्दा थोरै कुल बीमा शुल्क आर्जन गर्नेमा महालक्ष्मी लाइफ इन्स्योरेन्स पर्दछ। महालक्ष्मी लाइफले १० करोड ५८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ।

(नोट : आर्थिक वर्ष ७६/७७को प्रथम त्रैमासको कुल बीमा शुल्क आर्जन समावेश गरिएको)

खुद नाफाको आधारमा :
१० नयाँ  जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै खुद नाफा गर्ने जीवन बीमा कम्पनीमा यूनियन लाइफ इन्स्योरेन्स कम्पनी पर्छ। कम्पनीले प्रथम त्रैमाससम्म १० करोड ४५ लाख रुपैयाँ खुद नाफा गरेको छ त्यस्तै सबैभन्दा थोरै खुद नाफा गर्ने कम्पनी भनेको प्रभु लाइफ इन्स्योरेन्स  रहेको छ। प्रभु लाइफले १ करोड २२ लाख खुद नाफा गरेको छ।

बजार हिस्सा :

१० नयाँ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २ अर्ब ८९ करोड कुल बीमा शुल्क आर्जन गरेकोमा यूनियन लाईफ इन्स्योरेन्सको बजार हिस्सा सबै भन्दा धेरै २७ प्रतिशत रहेको छ भने महालक्ष्मी लाईफ इन्स्योरेन्सको बजार हिस्सा निकै थोरै रहेको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS