Prabhu Life Ad Final

सबैको लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

IME PAY

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज मङ्सिर ४ गते अन्तिम दिन रहेको छ । संस्थाले सभा प्रयोजनको लागि मङ्सिर ५ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण आज मङ्सिर ४ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश दाबी गर्न सक्ने संस्थाले जनाएको छ ।

संस्थाले मङ्सिर २१ गते शनिवार बन्दीपुरको मर्स्याङ्दी भ्यु रिसोर्टमा सभा आह्वान गरेको छ ।

NCHL

सभामा लाभांश सहितका विभिन्न ११ प्रस्ताव पेश हुदै छन् । कम्पनीले आर्थिक बर्ष ७५र७६ सम्मको मुनाफाबाट १३ प्रतिशत बोनस शेयर र ०.६८ प्रतिशत नगद लाभांश गरि कुल १३.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

त्यस्तै, सभामा कम्पनीको वित्तीय विवरणहरु पारित गर्ने, आवश्यकता बमोजिम प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, सर्वसाधारण समुह तर्फबाट २ जना संचालक नियुक्त गर्ने, मर्जर र प्राप्तिको लागि संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पेश हुने छ ।

हाल कम्पनीको चुक्ता पूँजी १६ करोड ५० लाख रहेको छ । बोनसपछि कम्पनीको चुक्ता पूँजी १८ करोड ६४ लाख पुग्ने छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x