नेप्से सामान्य अंकले घट्यो, ५४ कम्पनीका लगानीकर्ताले कमाए

Citizen Life Insurance Co

काठमाडौं । आज मङगलबार शेयर बजार सामान्य अंकले घटेको छ । नेप्से १ दशमलव १४ अंकले घटेर १,१२९ दशमलव ९९ को विन्दुमा कायम भएको छ । बैंकिङ, हाइड्रोपावर, फाइनान्स, निर्जीवन बीमा समुह, माइक्रोफाइनान्स र लाइफ इन्स्योरेन्स समुह घटेका छन् । सबैभन्दा धेरै ३९ दशमलव ७१ अंकले निर्जीवन बीमा समुह घटेको छ ।

दिनभरिमा १ सय ६३ कम्पनीको १० लाख १६ हजार कित्ता शेयर किनबेच हुँदा २५ करोड ९३ लाख ३० हजार रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै एनएमबि बैंकको ३ करोड २० लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, एनएमबि बैंक प्रोमोटर शेयरको २ करोडमाथिको कारोबार भएको छ । नेपाल बैंक, मुक्तिनाथ विकास बैंक प्रोमोटर शेयर, नबिल बैंक, सोल्टी होटल र हिमालयन डिस्टिलरीको १ करोडमाथिको कारोबार भएको छ ।

सबैभन्दा धेरै साल्ट ट्रेडिङका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै सिन्धु विकास बैंकका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार