IME Life

प्रथम त्रैमासमा ज्योति लाईफको यस्तो प्रगति, २७ करोड बीमा शुल्क, चार करोड मुनाफा

SPIL
NIC ASIA

काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०७६/७७ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अवधिमा २६ करोड ४२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आवको सोही अवधिमा कम्पनीले १२ करोड २ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको थियो । चालु आवमा कम्पनीले आफ्नो व्यापार दोब्बरले बृद्धि गर्न सफल भएको हो ।

Prabhu
Crest

त्यस्तै, चालु आवको प्रथम त्रैमासको अवधिमा इन्स्योरेन्सले २७ करोड ६५ लाख रुपैयाँ कुल बीमा शुुल्क आर्जन गर्न सफल भएको छ । गत आवको सोही अवधिमा कम्पनीले १२ करोड ३४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको थियो ।

चालु आवको प्रथम त्रैमासको अवधिमा कम्पनीले झण्डै चार करोड अर्थात ३ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । यद्यपि बीमा कम्पनीहरुको मुनाफा लेखा परिक्षणको क्रममा बीमाङ्कीय मूल्याङ्कनको क्रममा थपघट हुनसक्नेछ । प्रथम त्रैमासको अवधिमा इन्स्योरेन्सले १० लाख ७२ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ ।

चालु आर्थिक वर्षको प्रथम त्रैमासको अवधिमा कम्पनीमा चार हजार २०६ वटा बीमालेख कायम भएका छन् । चुक्ता पूँजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २४ करोड २० लाख रुपैयाँ रहेको छ ।

चालु आवको प्रथम त्रैमासको अवधिमा कम्पनीको जीवन बीमा कोष ९१ करोड ४६ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीको बीमा कोषमा २२ करोड ६० लाख रुपैयाँ रहेको थियो । कम्पनीको प्रति शेयर आम्दानी ९ रुपैयाँ ७६ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १ सय १७ रुपैयाँ ८९ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS